सुन्दरहरैचा । यातायातमा देखिएको विकृतिको अन्त्य गर्न भाडामा चल्ने सार्वजनिक सवारी साधनमा सुधारको गर्नको लागि हाम्रो राइडले अनलाइन एप सञ्चालनमा ल्याएको छ । राइडले हाम्रो राइड एप्प नामक अनलाइन एप निर्माण गरेर सेवा सुचारु गरेको छ ।
बुधवार सुन्दरहरैचाको बासबारीमा एक कार्यक्रम गरी राइडले नेपालका सबै सात वटा प्रदेशमा सेवा विस्तार गरिसकेको जानकारी दिएको हो । सहरी क्षेत्रको भिडभाडलाई मध्यनजर गर्दै एक ठाउँबाट अर्को ठाउँमा जाने सवारीले बाटोमा पर्ने यात्रुलाई बोक्ने ब्यबस्था मिलाइदिने र उक्त कार्यका लागि मध्यस्थकर्ताको रुपमा काम गर्ने गराउने गरेको हाम्रो राइडका प्रबन्ध निर्देशक सरोज मगरले जानकारी दिए ।
अनलाइन र अफलाइन दुवै माध्यमबाट बुकिंग सेवा दिएर इन्टरनेट तथा स्मार्टफोन नभएका यात्रीहरुले समेत हाम्रो राइडको सेवा लिना सक्ने मगरले जानकारी दिए ।
त्यस्तै कार्यक्रममा प्रदेश १ का सर्वजनिक यातायात महासंघका उपाध्यक्ष टंक आचार्यले युवाहरुले गरेको कार्यको प्रसंसा गर्दै सवारी साधनमा भएको भाडा दरमा हुने ठगीधन्दा न्युनिकरण हुने र यस्ता प्रविधिबाट यात्रुहरुले छिटो सहज रुपमा सुविधा पाउने भन्दै यातायात ब्यबसायीलाई समेत फाइदा हुने बताएका थिए ।

