विद्यालय–विद्यालय पुगेर छात्राहरुको समस्या बुझ्दै लेटाङकी उपप्रमुख

alt

लेटाङ । मोरङको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला यतिबेला समय मिलाएरै नगरका माध्यमिक तहका विद्यालयका छात्राहरुलाई भेट्न पुग्छिन् ।

उनी यसरी छात्राहरुलाई भेट्ने मात्र होइन उनीहरुसँग अन्तरकृया समेत गर्छिन् । उनी विद्यालय विद्यालय पुगेर छात्राहरुलाई भेट्न जाँदा उनीसँग नगरको शिक्षा शाखा र महिला तथा बालबालिका शाखाका प्रतिनिधि तथा मनोविमर्शकर्ता पनि साथमै हुन्छन् ।

नगरपालिकाको वडा नम्बर १ स्थित साग्मा माध्यमिक विद्यालयबाट छात्राहरुलाई भेट्ने कार्यक्रम सुरु गरेकी उपप्रमुख निरौलाले हालसम्म नगरका ४ वटा विद्यालयमा पुगेर छात्राहरुलाई भेटेर अन्तरकृया गरिसकेकि छन् । खासमा नगरपालिकाले सञ्चालन गरेको छात्रासँग उपमेयर कार्यक्रमका क्रममा उपप्रमुखले विद्यालय विद्यालय पुगेर छात्राहरुसँग अन्तरकृया गरेकी हुन् ।269729015_321327266551370_2037507399355339059_n

नगरपालिकाले नगरमा रहेका सबै माध्यमिक तहका नीजि तथा सामुदायीक विद्यालयमा छात्राहरुसँग छलफल तथा अन्तरकृया गर्दै छात्रासँग उपमेयर कार्यक्रम सुरु गरेको हो । जसअन्तरगत उपप्रमुखको नेतृत्वमा विद्यालयमा पुगेर छात्राहरुसँग उनीहरुका समस्याहरु बुझ्नुका साथै लैंगिक हिंसा, शारिरीक तथा मानसिक हिंसा, साइवर क्राइम, बालविबाह, लागुपदार्थ दुव्यसनी लगायतका विषयमा सचेतना जगाउने काम गर्ने गरिएको छ ।

नगरपालिकाले वडा नम्बर १ को साग्मा माध्यमिक विद्यालयबाट सुरु गरेको कार्यक्रम अन्तरगत सोमबार लेटाङ नगरपालिका वडा नम्बर ४ स्थित ग्रीनभ्याल्ली एकेडेमीका छात्राहरुसँग कार्यक्रम गरेको छ ।

यसरी कार्यक्रम गर्दा छात्राहरुले खासगरि पारिवारिक समस्या तथा विद्यालयमा भएका शौचालय लगायतका समस्या, महिनावारी हुँदा विद्यालयमा भोग्नु पर्ने समस्या, लगायतको विषयमा जानकारी गराउने गरेको उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिइन् ।

कतिपयले भने केहि कुरा भन्न खोजेपनि समूहमा भन्न धकाउने गरेकाले उनीहरुले मनोविमर्शकर्तासमक्ष समस्या सुनाउने गरेको उपप्रमुख निरौलालले बताइन् ।

यसरी विद्यायमा पुगेर समस्या बुझेपछि तत्कालिन र दीर्घकालिन समस्या पहिचान गरि तत्काल समाधान गर्न सकिने विषयमा विद्यालय वा शिक्षा शाखालाई निर्देशन दिने र दीर्घकालिन समस्या भएमा योजना बनाएर समाधान गरिने तथा आगामी कार्ययोजनामा समावेश गरिने उनले जानकारी दिइन् ।

हालसम्म श्री जाँते मावि, लक्ष्मी मावि फडानी, ग्रीनभ्याल्ली एकेडेमी र साग्मा माविमा कार्यक्रम सकिएकोमा क्रमस अन्य सबै माध्यमिक विद्यालयमा कार्यक्रम गरिने उनको भनाइ छ 

    झापामा लाखौं मूल्यका भारतीय सयपत्री फूल बरामद, स्वदेशी कृषकलाई राहत झापामा लाखौं मूल्यका भारतीय सयपत्री फूल बरामद, स्वदेशी कृषकलाई राहत

    इटहरी। भारतबाट नेपाल भित्रिएको लाखौं मूल्य बराबरको सयपत्री फूलको माला नेपाल ...

     स्वर्णिम साहित्य समाजद्वारा महाकवि देवकोटाको ११८ औँ जन्मजयन्ती भव्य रूपमा मनाइयो स्वर्णिम साहित्य समाजद्वारा महाकवि देवकोटाको ११८ औँ जन्मजयन्ती भव्य रूपमा मनाइयो

    इटहरी । स्वर्णिम साहित्य समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मज ...

    प्रथम टुटे देउराली कप–२०८३ सम्पन्न, डाफे मुनाल युथ क्लब मुसाङ्खेल बन्यो च्याम्पियन प्रथम टुटे देउराली कप–२०८३ सम्पन्न, डाफे मुनाल युथ क्लब मुसाङ्खेल बन्यो च्याम्पियन

    इटहरी । खेलकुद मार्फत एकता, सद्भाव र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]