सुन्दरहरैँचा/ नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ्गले नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढाउने प्रतिबद्दता ब्यक्त गरेकाछन्। नेपाली कांग्रेस सुन्दरहरैँचा ४ स्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ्गले पार्टीको महाधिबेशनका क्रममा गुट उपगुटमा बिभाजित भएर आन्तरीक प्रतिष्पर्धा गरेतापनि अव कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने बेला भएको बताए ।
आगामी स्थानीय निर्वाचनका लागि टिकटको लागि अस्वस्थ्य प्रतिष्पर्धा नगर्न आग्रह गर्दै जसले टिकट ल्याएपनि टिकट पाएपनि कांग्रेसले जित्ने सम्झन आग्रह गरेका छन् । सभापति तामाङ्गले टिकटको लागि नेतृत्वको ढोका नढक्ढक्याउन आग्रह गर्दै त्यो समय वडा वडामा कांग्रेसलाई बलियो बनाउन खर्चन आग्रह गरेका छन्



