सुनसरी/नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौ जिल्ला अधिवेशन अन्तरगत जिल्ला कार्यसमितिको नेतृत्व चयन गर्न मतदान भएको छ । इनरुवा नगरपालिका-१ स्थित जेल फिल्डको मतदान केन्द्रमा मंगलवार मतदान सम्पन्न भएको हो ।
मंगलवार नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौ जिल्ला अधिवेशनको नेतृत्वको लागि कडा प्रतिस्पर्धाकाबीच चुनाव सम्पन्न भएको छ । कार्यतालिका अनुसार मतदान केन्द्रमा चुनाव सम्पन्न भएलगत्तै मतगणना शुरु भएको थियो । मतगणना शुरु भएपनि मतगणनाको अन्तिम परिणाम भोलि (बुधबार) सार्वजनिक हुने श्रोतले जनाएको छ ।


