इटहरी । इटहरी आसपासका उपभोक्तालाई लक्षीत गर्दै भिभो मोबाईलको सर्भीस सेन्टर खुलेको छ । इटहरीको सेन्ट्रल प्लाजामा पुर्वी नेपालकै उत्कृष्ट सर्भीस सेन्टरको सुरुवात भएको हो ।
मंगलबार एक कार्यक्रमका बिच सर्भीस सेन्टरको उद्धघाटन गरिएको छ । पुर्वी नेपालकै उत्कृष्ट विक्रेता हरिभक्त श्रेष्ठ र इटहरी एरिया वितरक रोशन ढकालले संयुक्त रुपमा रिवन काटेर सेन्टरको उद्धघाटन गरेका हुन् ।
कार्यक्रममा विक्रेताहरुलाई भिभोको इतिहास, सर्भीस पोलीसी र एसोसिरीजको बिषयमा सर्भीस म्यानेजर अल्बर्ट राईले जानकारी गराए । उनका अनुसार बिगत ४ बर्षदेखी बजारमा उपलब्ध हूँदै आएको भिभो मोबाईलमा नगन्य समस्या रहेको उनले बताए ।
पुर्वी एरिया सेल्स म्यानेजर निमेष घिमिरेले हरेक मोबाईल फोनमा लाईफ टाईम वारेन्टी र हार्डवेयरमा १ बर्षको वारेन्टी रहेको बताए । भिभो अन्य मोबाईल भन्दा सस्तो र उत्कृष्ट रहेको उनको दाबी छ । घिमिरेका अनुसार हाल १३ हजार ६ सयदेखी ५० हजार सम्मका फोनहरु बजारमा उपलब्ध छन् ।
इटहरीमा लामो समयदेखी मोबाईल विक्री गर्दै आएका मोहन नेपालले भिभो क्यामेरा फोन भएपनि अन्य फिचरको लागी झनै सुविधाजनक रहेको बताए । ग्राहकले समेत सकरात्मक प्रतिक्रीया दिएको बताउँदै उनले भिभो खरिद विक्रीमा कुनै समस्या नआएको उनको भनाई छ ।

