इटहरी । नेकपा एमाले सुनसरीको नयाँ नेतृत्वका लागि  सदरमुकाम इनरुवामा भएको सातौँ अधिवेशन अन्तर्गत मंगलबार भएको निर्वाचनको  मतगणना जारी छ। 
१७३ मत गणना हुँदा पोखरेलले ७६ मत ल्याएका छन् भने भण्डारी ८७ मत ल्याउन सफल भएका छन्। यता चौधरीले १० मत मात्र ल्याएका छन् ।
उपाध्यक्षमा बराहक्षेत्रमा मेयर निलम खनालले अग्रता लिएंका छन् ।
अहिले सम्म १७३ मत गणना गरीसकिएको र भोलि बिहान १०:३० बजे देखि बाकी मतगणना गर्ने गरि स्थगित भएको छ। 
हाल सम्मको मत परिणाम:-
अध्यक्ष 
१) खेमराज पोखरेल  ७६
२) द्वारिकलाल चौधरी  १०
३) रेवतीरमण भण्डारी  ८७
उपाध्यक्ष 
१) नन्द बस्नेत ६९
२) निलम खनाल १०३
उपसचिव 
१) अन्जनीकुमार पोखरेल ५३
२) अर्जुन गहतराज २८
३) पदम प्रसाद लिम्बू ३६
४) योग्यराज खड्का ५३
५) राम कोईराला ८९
६) लहरुमाया जिमि १६
७) लोकेश निरौला ५२