काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरि १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन् । पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म पिसिआर विधिमार्फत गरिएको परीक्षणमा कूल ८ लाख ३८ हजार ३७५ जना र एन्टेजिन विधिबाट गरिएको परीक्षणमा ९८ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा २७८ जना संक्रमण मुक्त भएका छन् भने दुई जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हाल ११ हजार ६९० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
बढेका संक्रमित माध्य ५० प्रतिशत भन्दा बढी काठमाडौं उपत्यकामा मात्रै छन् । पछिल्लो २४ घण्टामा थपिएका ३ हजार ७५ संक्रमितमा १ हजार ५३८ संक्रमित काठमाडौं उपत्यकामा मात्र पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


