सुनसरी / दुहवि

नेपाल सरकारले विधार्थिहरुको लागि देश भर कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालनमा ल्याएको छ । तर सुनसरीको दुहविमा कोठे खोप देखिएको छ । स्थानिय विधार्थिहरु दुई तिन घण्टा लाइनमा बस्ता समेत पालो नपाएको एका तिर समस्या छ भने अर्का तिर कोठे खोप सुरु देखिएको छ । स्थानिय विधार्थिहरु लाइनमा वस्दा समेत पालो नआएको गुनासो पोख्दा स्थानिय युवा भित्र गएर वुझदा कोठे खोप देखिएको जानकारि दिएका छन् । यस्को विरोध गर्दा स्थानिय युवा नेता रमेश थापा र स्वास्थ चौकि सोनापुरको हाकिमले स्थानिय विधालय सन विमको विधार्थि भनेर जानकारी दिए । तर स्थानिय युवाले उनिहरुलाइ कयौ पटक सोधे पनि केहि बोलेनन् । तर सवैले लाइनमा वसेर लिनु पर्ने खोप ति चार जना –बा १६प८४४५ मा सवार भएर आएको आदित्य राठि, सुजल जयसवाल, युवराज सारडा, जएस राठि) यी चार जनाको लागि कोठे खोप ल्याएको गुनासो युवाले उठाएका छन् । दुहवि ८ मा रहेको सन विम स्कुलले भने यि चार जना हाम्रा विधार्थि हैन भनेका छन् । नेपाल सरकारले सवैलाइ खोपको व्यवस्था गराइरहेको हुदा हुदै पनि भित्र भित्रै कोठे खोपको विगविगि छाएको छ ।