सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय भुमी आयोगसंग सम्झौता गरेको छ /  सुन्दरहरैंचाका स्थानीबासी स्सुकुम्बासी को  समस्या समाधानका निम्ति सुन्दरहरैंचा नगरपालिकाको तर्फबाट नगर

प्रमुख शिव प्रसाद ढकाल र  राष्ट्रिय भुमी आयोगको तर्फबाट आयोगका अध्यक्ष केशब निरौलाले समझौता पत्रमा हस्ताक्षर गरेका हुन।

सम्झौता संगै अब सुन्दरहरैंचामा नगरपालिकामा ६ हजार ७२ जना भुमिहिन सुकुम्बासीले धनी पुर्जा पाउने भएको नगर प्रमुख ढकालको भनाइ छ। काठमाडौमा एक समारोह बिच सम्झौता गर्नेमा देशकै पहिलो नगरपालिका रहेको ढकालले बताएका छन।


समझौता पत्रमा बिघटित भुमी समबन्धी समस्या समाधान गर्न आयोग यस भन्दा अगाडि भएको समझौता बमोजिम भएको सहमतिपत्र बमोजिम मानिने उल्लेख छ। यसका लागि दुबै पक्षले भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई बितरण र अव्यवस्थित बसोबासको ब्यबस्थापन गर्ने र जग्गाको पहिचान र छनौट गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ।