तरहरामा ब्याडमिन्टन : धनबहादुर पुरी र संजीब राईको टिम विजयी

alt

इटहरी/ इटहरी १९ तरहरामा भएको ब्याडमिन्टन प्रतियोगितामा ए टिमबाट धनबहादुर पुरी र संजिव राईको टिम विजयी भएको छ । आठ टिमलाई पछि पार्दै पुरी र राईको टिमले प्रतियोगिताको उपाधी चुमेको हो ।

फाइनलमा याम राई र नवराज बस्नेतलाई सोजो सेटमा हराउँदै पुरी र राईको टिम विजयी भएको हो ।

सिटिजन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड तरहरा शाखाको आयोजनामा माधेसक्रान्तीको अवसरमा प्रतियोगिता भएको हो । प्रतियोगिताको बि टिममा पाँच टिम सहभागी मध्ये बि टिम तर्फ किशोर कुमार राई र बिष्णुकुमारी राईको टिम प्रथम भएको हो ।बिमला राई र सुनमाया तामाङलाई फाइनलमा हराउंदै ।बिष्णु र किशोरको टिम विजयी भएको हो । सेमिफाइनलमा उत्कृष्ट खेलेको बिमला र सुनमायाको टिमले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । उमेरले ६६ बर्ष पुगेका किशोर राईको जोशिलो खेल खेलेका थिए ।कार्यक्रम पुर्व भारतिय लाहुरे हनेरी क्याप्टेन दिलप्रसाद राईको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले खेलले मानिसलाई अनुशासित बनाउने बताए । उमेरले ६३ बर्ष पुगेका राई अहिले पनि बिहान बेलुका उतिकै जोशका साथ ब्याडमिन्टन खेल्दै आएका छन ।

सिटिजन लाइफ इन्सुरेन्सका तरहरा प्रमुख सुजन श्रेष्ठले खेलले मानिसलाई स्वास्थ्य राख्ने बताउँदै इन्सुरेन्स भबिष्य भएको बताए । सिटिजन लाइफमा इन्सुरेन्स गरेर कोह पछुताउनु नपर्ने उनको भनाइ थियो ।

प्रतियोगितामा ए टिमबाट दिलप्रसाद राई, बिकाश गुरुङ , भुमी राई ,चन्द्र बस्नेत ,जयबहादुर खड्का , सेवेन कुमार राई , अक्षय राई , मेम कुमार राई , धर्म देब राई , देव तामाङ , नारायण गुरुङ, ज्ञान बहादुर श्रेष्ठ लगायता खेलाडीले प्रतियोगितामा भाग लिएका थिए ।
त्यस्तै बि टिम तर्फ आनन्द राई , सरिता राई , लिला राई , कौशिला गुरुङ, मनु राई र इन्द्र कुमार राईले प्रतियोगितामा सहभागिता जनाएका थिए।

नेपालमा ब्याडमिन्टन खेलको क्रेज विस्तारै बढ्दै गएको छ। ब्याडमिन्टनमा युवा खेलाडीको आकर्षण पनि उत्तिकै बढ्दो छ।

ब्याडमिन्टन युवादेखि पाका उमेरका खेलाडीले समेत खेल्न सक्ने भएकोले यो खेल पछिल्लो समय लोकप्रिय हुदै गएको छ ।

    स्वास्थ्य मन्त्री पराजुलीद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया स्वास्थ्य मन्त्री पराजुलीद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया

    विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले सञ्चारकर्मीह ...

    विराटचोकमा ‘शान्वी ब्युटी पार्लर’ सञ्चालनमा विराटचोकमा ‘शान्वी ब्युटी पार्लर’ सञ्चालनमा

    इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, विराटचोकमा आधुनिक सौन्दर्य सेवासह ...

    धनकुटामा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह धनकुटामा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

    इटहरी। कोशी प्रदेशमा आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प् ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]