सुन्दरहरैचा । पछिल्लो २४ घण्टामा सुन्दरहरैचा नगरपालिकामा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा सोमबार ६१७ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ । प्रदेश १ मा मोरङ, सुनसरी र झापा जिल्लामा कोरोना भाईरसको संक्रमण बढी फैलिरहेको छ । आज मात्र झापामा ११६, मोरङमा २२७ र सुनसरीमा १२९ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।
मोरङको सबै भन्दा बढी विराटनगर , झापाको विर्तामोड र भद्रपुर र सुनसरीको धरान र इटहरी जस्ता स्थानिय तहमा सक्रमितको संख्या बढी फैलिरहेको छ ।
हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।

