सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाले आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको विपद व्यवस्थापन समितिले नगरमा आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।
दिनप्रतिदिन बढ्दै गएको कोरोना संक्रमण रोकथामको लागि नगरमा रहेको विपद व्यवस्थापन समितिले नगर क्षेत्रका केही कार्यमा पुर्ण कडाई गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको विपद व्यवस्थापन समितिले हिडडुल गर्दा अनिवार्य मास्क, सभा सम्मेलन समारोह गोष्ठी जस्ता कार्यक्रम गर्न नपाउने , विवाह व्रतवन्ध सास्कृतिक कार्यक्रममा २५ जना भन्दा बढी भेला हुन नपाउने , मठ मन्दिरमा पुजारीले मात्र नित्य पुजा प्राथना गर्न पाउने, अनिवार्य खोप लगाउनु पर्ने निर्णय गरेको छ ।
नगरले लकडाउन तत्काल नगर्ने तर नगर स्तरमा सावधानी अपनाउन आग्रह गर्ने निर्णय गरेको छ । विपद व्यवस्थापन समितिको बैठकमा तत्काल जनजिवन प्रभावित पार्न लकडाउन नगर्ने तर भावी दिनमा समस्या थप उत्पन्न भए पुर्ण लकडाउ गर्न सकिने बताइएको छ । विपद व्यवस्थापन समितिले व्यापारिक क्षेत्रको लागि सावधानी पुर्वक व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

