लायन्स क्लव इटहरी मोल्विन जोन द्वारा विपन्न बर्गका नागरिक तथा विद्यार्थीहरुलाई न्यानो कपडा साथै शैक्षिक सामाग्री वितरण

alt

इनरुवा । माघ महिना सुरु भएसंगै पुर्वी तराईमा बढी रहेको जाडोलाई लक्षित गरी लायन्स क्लव अफ इटहरी मोल्विन जोनले इनरुवाका विपन्न वर्गका मानिसहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

                इनरुवा नगरपालिका वडा नम्बर ८ कशंमडनको मर्दसा टोलमा लायन्स क्लव अफ इटहरी मोल्विन जोनले २सय ५० जनालाई ज्याकेट वितरण गरेको हो ।

                 लायन्स क्लव अफ इटहरी मोल्विन जोनका अध्यक्ष रितेष श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लव अफ एरिया चिफ टंककुमारी गुरुगंको प्रमुख आतिथ्यमा भएको न्यानो कपडा वितरण कार्यक्रममा मर्दसामा अध्ययनरत १सय ५० विद्यार्थीलाई कपि ,पेन्सील , इलेजर लगायतका शैक्षिक सामाग्रीहरु समेत वितरण गरियो ।vlcsnap-2022-01-18-14h50m00s797

लायन्स क्लव अफ इटहरी मोल्विन जोनका द्धितिय उपाध्यक्ष तथा कार्यक्रमका संयोजक दिपक काफ्लेले जाडो वढी रहेको समयमा गाउँवस्तीमा मानिसहरुलाई केही सहयोग पुर्याउने उद्धेश्यले ज्याकेटक तथा विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण गरिएको वताए ।

 सामाज सेवाका क्षेत्रमा काम गर्दै आएको लायन्स क्लव अफ इटहरी माल्विन जोनले विपदमा परेकाहरुलाई सहयोग गर्दै आएको र अहिले जाडो वढी रहेको समयमा न्यानो कपडा वितरण गरिएको अध्यक्ष रितेश श्रेष्ठले जानकारी दिए ।vlcsnap-2022-01-18-14h48m47s267

जाडो वढी रहेको समयमा न्यानो कपडा पाएपछि स्थानीय जेष्ठनागरिक तथा शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरु हर्सित बन्न पुगे । न्यानो कपडा वितरण कार्यक्रममा लायन्स क्लव अफ इटहरी मोल्विन जोनका बरिष्ठ उपाध्यक्ष मिनकुमार मगर , माओवादी केन्द्रकी इनरुवा अध्यक्ष तोया गिरी , स्थानीय समाजसेवी मोसिम हुसैन लगायतको उपस्थिती रहेको थियो ।


बिजुलीको पोलमा ठोक्कियो बुलेट, ३२ वर्षीय लिम्बूको मृत्यु बिजुलीको पोलमा ठोक्कियो बुलेट, ३२ वर्षीय लिम्बूको मृत्यु

इटहरी । मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु ...

मोरङको बेलबारीमा ३१ किलो गाँजासहित दुई जना पक्राउ, नगद र मोटरसाइकल पनि बरामद मोरङको बेलबारीमा ३१ किलो गाँजासहित दुई जना पक्राउ, नगद र मोटरसाइकल पनि बरामद

इटहरी। मोरङको बेलबारी नगरपालिका–६, सोमबारेबाट करिब ३१ किलो लागूऔषध गाँजासहि ...

विदेशबाट फर्किएर अकबरे खेती, वार्षिक नौ लाखसम्म आम्दानी विदेशबाट फर्किएर अकबरे खेती, वार्षिक नौ लाखसम्म आम्दानी

इटहरी। वैदेशिक रोजगारीका लागि करिब एक दशक दुबईमा बिताउनुभएका धनकुटाको पाख्र ...

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]