सरोज पौडेल
विराटनगर, ५ माघ ।
प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मंत्रालयले मोरङको विराटनगर महानगरपालिका र सुनसरी देवानगंज गाँउपालिकालाई वारुण यन्त्र उपलब्ध गराएको छ ।
गतबर्ष मंत्रालयले ताप्लेजुङको फुङलिङ नगरपालिका र सोलुखुम्बुको सोताङ गाँउपालिकालाई उपलब्ध गराइएको वारुण यन्त्र संचालन गर्न नसक्ने भन्दै लिन नआएपछि विराटनगर महानगरपालिका र देवानगंज गाँउपालिकालाई वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मंत्रालयले जनाएको छ ।
आन्तरिक मामिला तथा कानुन मंत्रालयमा बुधवार एक कार्यक्रम आयोजना गरी आन्तरिक मामिला तथा कानुन मंत्री केदार कार्कीले सम्बन्धित पालिका प्रमुखलाई वारुण यन्त्रको साँचो र कागजात हस्तान्तरण गर्नुभयो ।
आन्तरिक मामिला तथा कानुन मंत्रालयले विपद् र विशेष परिस्थितिमा संचालन गर्न प्रदेश १ का १४ जिल्लाका १४ वटा पालिकाहरुमा मुख्यमंत्री अत्यावश्यक सेवा केन्द्र संचालन गर्ने गरी वारुण यन्त्र र प्रहरी भ्यान खरिद गरेको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री कार्कीले विपद् व्यवस्थापन चुनौतिपूणर् हुने गरेकाले सामुहिक प्रयासबाट यसलाई नियन्त्रण गर्नुपर्ने बताउनु भयो । उहाँले सम्बन्धित पालिकाले संचालन गर्न नसक्ने जनाएपछि आवश्यकताका आधारमा विराटनगर र देवानगंजलाई वारुण यन्त्र प्रदान गरिएको जानकारी दिनुभयो ।

