इटहरी । प्रहरीले बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं ४ पाचकन्याका ३२ बर्षीय बिशाल राई रहेका छन् । 

राईलाई उच्च अदालत विराटनगरले  २०७८ बैशाख १६ गते १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैया ३३ पैसा जरिवाना सहित पक्राउ गर्न फैसला गरेको थियो ।

फरार रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले गाउघरमा लुकिछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरि कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले  जनाएको छ ।