मिक्लाजुङ्गमा खेलाडीहरु सम्मानित

alt

मिक्लाजुङ । मोरङ्ग मिक्लाजुङ्ग गाउँपालिका वडा न ४ ले अघिलो बर्ष सम्पन्न प्रथम अध्यक्ष कप रनिङ्ग सिल्ड फूटबल प्रतियोताको उपबिजेता टिमलाई सम्मान गरेको छ ।

खेलाडीहरु लाई प्रोत्साहन गर्ने उद्ेश्यका साथ वडाले उपबिजेता टिमका खेलाडीहरु र प्रशिक्षकलाई सोमबार एक कार्यक्रमका विच प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान् गरेको हो ।

मिक्लाजुङ्ग गाउँपालिका उपाध्यक्ष तथा मिक्लाजुङ्ग खेलकुद समिति संयोजक सरला राईको प्रमुख आतिथ्यमा सम्पन्न् भएको कार्यक्रममा वडाध्यक्ष बुद्धिमान इम्सोङ (लिम्बु) र पालिका उपाध्यक्ष राईले खेलाडी हरुलाई सम्मन गरेका थिए।

कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष राईले युवाहरु परिवर्तनको सम्वाहक भएको बताउदै भौतिक विकास सगसगै पालिका सामाजिक विकास र खेलकुद क्षेत्रको विकासमा लागि परेको बताइन् ।

त्यस्तै वडाध्यक्ष लिम्बुले यस बर्ष पनि वडा का खेलाडीले खेलमा प्रगती गरि अघिलो बर्ष भन्दा उत्कृष्ट खेल देखाउने र प्रतियोगिता जित्नु पर्नेमा जोड दिदै खेलाडीलाइ प्रशिक्षकको क्रममा कुनै पनि खेल सामाग्री बाट समस्या नआउने प्रतिबद्धता जाहेर गरे । 

कार्यक्रममा पुर्व वडा खेलकुद समिती अध्यक्ष समिर राइ (सन्तोश) ले स्वागत मन्त्यब्य राखेका थिए भने प्रशिक्षक इन्द्र राइ, युवा समाजसेवी बिशाल राइ, युवा समाजसेवि लेनिन राइले खेलाडीलाइ शुभकामना सगै खेलजिवनमा लाग्न प्रोत्साहन गरेका थिए । 

हाल वडा खेलकुद समिती अध्यक्ष इन्द्र राइ (बबि) ले अघिलो कमि कमजोरीलाई सुधार्दै खेलकुदमा वडालाई उत्कृष्ट बनाउने बताए ।

कार्यक्रममा वडाका निम्न १९ खेलाडीलाई  छनौट गरिएको छ जसमा १, अनिल तामाङ २, बिमल तामाङ  ३, सुरेस राई ४, रुपेश तामाङ  ५, रुपन राई ६, बिजय राई ७, निर बहादुर राई ८, मौसम राई ९, मौसम याख्खा  १०,सुबास राई ११, रोसन राई १२, निरन पारघरे १३, उपास राई १४, प्रमोद नेपाली १५, सन्देस राई १६, सङ्गित लिम्बु १७, सेमिहाङ्ग लिम्बु १८, रबिस गहतराज १९, फुर्वा तामाङ रहेका छन् ।

    बिर्तामोड नगर कांग्रेसमा संग्रौलाको बाजी, कन्दङ्वालाई २९ मतले हराउँदै सभापतिमा निर्वाचित बिर्तामोड नगर कांग्रेसमा संग्रौलाको बाजी, कन्दङ्वालाई २९ मतले हराउँदै सभापतिमा निर्वाचित

    इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिर्तामोड नगर कार्यसमितिक ...

    स्टिल अभावले एसियाली राजमार्गका रतुवा(लोहन्द्रा(बक्राहा तीन पुलको काम रोकियो स्टिल अभावले एसियाली राजमार्गका रतुवा(लोहन्द्रा(बक्राहा तीन पुलको काम रोकियो

    इटहरी स् एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक आयोजनाको पश्चिम खण् ...

    इलामको एक घरमा आगलागी इलामको एक घरमा आगलागी

    इटहरी स्  माई नगरपालिका १, बैधारे बस्ने सचिन राईको घरमा आगलागी भएको छ ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]