प्रदेश १ सरकारले कोसी पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जानकारी दिए ।
मन्त्री कार्कीका अनुसार सिसी क्यामेरा जडान गर्न बजेट विनियोजन गरिसकिएको छ । शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको उनले बताए । ‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ । प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरी काम गरिरहेका छौँ ।’


