इटहरी । विश्व ब्याडमिन्टन संघ बि डब्लु एफ को विश्व जुनियर बरियता क्रममा शिर्ष स्थानमा पर्न सफल नेपाली ब्याडमिन्टन खेलाडि प्रिन्स दाहाललाई इटहरीमा सम्मान गरिएको छ ।

सुनसरी ब्याडमिन्टन एकेडेमी लगायतका ब्याडमिन्टन खेलसंग विभिन्न क्लवहरुको संयुक्त आयोजनामा नगद ५१ हजार सहित सम्मान पत्रले सम्मान गरिएको हो ।

इटहरी ब्याडमिन्टन क्लबका अध्यक्ष मणीराज गुरुङको अध्यक्षता तथा प्रदेश नम्बर १का प्रदेश सभा सदस्य लिलम बस्नेतको प्रमुख आतिथ्यमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा विश्वकै शिर्ष स्थानमा पर्न सफल ब्याडमिन्टन खेलाडि दाहाललाई नगद सहित सम्मान पत्रले सम्मान गरियो । सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सुनसरी ब्याडमिन्टन एकेडेमी, सुनसरी जिल्ला ब्याडमिन्टन संघ ,धनकुटा जिल्ला ब्याडमिन्टन संघ, इटहरी ब्याडमिन्टन क्लब, झुम्का ब्याडमिन्टन क्लब, रक्तमाला ब्याडमिन्टन क्लब, सगरमाथा ब्याडमिन्टन, सगरमाथा ब्याडमिन्टन क्लब, साकेला ब्याडमिन्टन क्लब, स्पोर्ट्स एरिना प्रा.लि र सागर फिडले संयुक्त रुपमा आयोजना गरेको सुनसरी ब्याडमिन्टन एकेडेमीका अध्यक्ष सुरेश कार्कीले जानकारी दिए  ।
2922047e-e71d-43fa-b59b-f79a23c43a6f

सम्मान कार्यक्रममा राष्ट्रिय खेलकुद परिपदका सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, चन्द्रशेखर लामा ,ब्याडमिन्टन प्रमुख प्रशिक्षक सुदिप योञ्जन , अन्तराष्ट्रिय रेफ्रि उदय अर्यालको उपस्थिती रहेको थियो । सम्मानीत दाहाललाई आयोजकका सम्पुर्ण क्लव ,एकेडेमी तथा संघका अध्यक्षहरु प्रत्यक्ष सहभागी भएर छुटटाछुटटै सम्मान पत्र प्रदान गरेका थिए ।