उर्लाबारी / मोरंग उर्लाबारीमा नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघ नगर कमिटी गठन भएको छ । नेकपा एमाले निकट उद्योगी, व्यवसायीहरुको आज सम्पन्न भेलाले निलप्रसाद गौतम अध्यक्ष रहेको ६५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा ममता बुढाथोकी र मातृका दाहाल, सचिवमा शेखरनाथ दाहाल, उपसचिवमा राजेन्द्र भट्टराई, रुपचन्द्र दाहाल, उत्तम अधिकारी, कोषाध्यक्षमा आशिष प्रधान र सहकोषाध्यक्षमा निता डाँगी कार्की रहेका छन् ।

नेकपा एमाले केन्द्रीय अनुशासन आयोगकी सदस्य तथा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको भेलामा एमाले प्रदेश कमिटी सदस्य भुपालसिं जिमी, महासंघका मोरङ इञ्चार्ज चेतन निरौला,महासंघकी केन्द्रीय सदस्य सम्झना खतिवडा आचार्य, महासंघका जिल्ला अध्यक्ष डिल्ली ढकाल, नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोला, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, पूर्व अध्यक्ष चन्द्रबहादुर भट्टराई भरत लगायतको आतिथ्यता रहेको थियो ।