सुन्दरहरैंचा / सुन्दरहरैंचा १२ निवासी ३३ वर्षीय कल्पना बनलाई केही वर्ष देखि पेटको क्यान्सर भएकोले हाल चितवन भरतपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको छ । उपचारको क्रममा घर परिवारको आर्थिक अवस्था कमजोर भएको हुनाले आफन्तजन तथा देश विदेशमा रहनु हुने सम्पूर्ण माझ सहयोगको अपेक्षा गरिएको छ ।  क्यान्सर भएर बिरामी भएका कारण कल्पना वनका श्रीमान् भक्तबहादुर पुरी समेत आफ्नी श्रीमतीको उपचारको लागि वैदेशिक रोजगारबाट काम छोडेर स्वदेश फर्किएका छन् । परिवारको उपचारको लागि चल अचल सम्पत्ति सबै सकिएर ऋण समेत लागेर तिर्न नसकेको बिरामी कल्पनाका श्रीमान् पुरीले बताए । पीडित परिवारमा उनीहरूका स्थानीय विद्यालय पढ्ने कलिला माया लाग्दा ससाना दुई नानीहरू समेत छन् ।  श्रीमतीको उपचारको लागि धेरै खर्च भएको तथा अहिले परिवार चलाएर नानीहरूको लालन पालन गरी श्रीमतीको उपचार गर्न थप समस्या भएको बिरामीका श्रीमान् पुरीले बताए । माे न. ९८१५३७४६५१ मा सम्पर्क गरी एनआइसी एसिया बैकको खाता न. ५६८७०२८७८९४५२४०१ मा रकम जम्मा गरेर क्यान्सर पीडितलाई सहयोग गरी दिन परिवारले अपिल गरेको छ ।