सुन्दरहरैंचा / मोरंगको सुन्दरहरैंचा नगरपालिकामा कृषि क्षेत्रको विकासका लागि बिभिन्न किसिमका योजना र कार्यक्रम मार्फत किसानलाई ब्यबसायिक कृषि कर्म गर्न प्रेरित गरिरहेको छ। प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना अन्तर्गत सुन्दरहरैंचा नगरपालिका र कृषक समुह बीच ४ वटा वडामा कृषि पकेट कार्यक्रम संचालन गरेको छ।
सोहि नगरपालिकाको वडा २ बेलडागीमा रहेको तरकारी पकेट कार्यक्रम अन्तरगत एक पकेट क्षेत्र बराबर ६ लाख बराबरको अर्गानिक मल, उन्नत बिउ बिजन , टनेल, कृषि यन्त्रिकरण लगायत कृषि सामग्री वितरण गरेको छ। सुन्दरहरैंचाका नगर प्रमुख ढकालले एक कार्यक्रम बीच एक पकेट बराबर २५ बिघामामा गरिएको तरकारी खेतिका लागि सामाग्री हस्तान्तरण गर्नु भयो। ढकालले ब्यबसायिक कृषक बन्न प्रेरित गर्दै पकेट क्षेत्रमा सडक बिस्तार समेत समपन्न भएको र तरकारीमा सुन्दरहरैंचा आत्मनिर्भर बनेको बताउनु भयो । यसका लागि किसानको उत्पादित बस्तु बजारीकरणमा समस्या नहुन र यसको भण्डारणमा कोल्ड स्टोरको निर्माण हुने र प्रदेश १ का भिभिन्न शहरमा यस क्षेत्रको तरकारी पुग्ने गरेको बताउनु भयो ।
यस कार्यक्रमबाट साना तथा मझौला कृषक समुहहरु लाभान्वित हुने गरेका छन् । बेलडागी पकेटक्षेत्र आसपासका २७ जना कृषकलाई सेवा पुर्याउएको छ। तरकारी पकेट कार्यक्रम मार्फत यस्ता किसिमका काम हुँदा किसान किसानमा कृषि कर्म गर्न थप उर्जा थपिएको कृषक उपेन्द्र महतोको भनाई छ।
कृषि क्षेत्रमा काम गर्दा चुनौती र अवसर दुवै छन्। यहाँका किसानले तरकारी बिक्रि गर्न कुनै समस्या नभएको ब्यापारी घरमै आउने गरेको बताउछन तर कहिले काही बजारीकरणमा समस्या हुने गर्दछन। मौसम परिवर्तनका कारण बेलाबेलामा हावाहुरी र असिना, बाढी र बन्द हड्ताल तथा लकडाउनले किसानमा चुनौती थपिएको यहाँका किसान बताउछन। तरकारी खेतीबाट भने १ बिघा बराबर ५ देखि ६ लाख सम्म राम्रो आम्दानी कमाउने गरेको तरकारी पकेट समितिका अध्यक्ष महेश महतो बताउनुभयो ।
साथै तरकारी पकेट क्षेत्रका गरिएको अनुदान कार्यक्रममा नगर उपप्रमुख धना तमाङ , सो वडाका अध्यक्ष डोरिलाल चौधरी, लेखा अधिकृत शेखर ढकाल, कृषि शाखा प्रमुख फडिन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
नगरपालिकाले हरेक साल कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रमात्र नभइ उद्यमशीलता र अन्य विकास कार्यक्रमको शीर्षक अन्तर्गत पनि कृषिलाई छुने गरि कार्यक्रमको बनाउने गरेको छ। किसानको क्षमता अभिबृद्धि गर्दै दीगो कृषि विकास लक्षित कार्यक्रममा नगरको ध्यान जान समेत जरुरी छ।

