६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड/ एस्ट्राजेनेका, मोर्डना/फाइजर वा भेरोसेल खोपल लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पहिलो मात्रा खोप लगाएकाहरुलाई दोश्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिने निर्णय भएको छ।
विदेशमा पहिलो मात्रा कोभिसिल्ड/एस्ट्राजेनेका/भेरोसेल/मोर्डना/ फाइजर खोप लगाएकाहरुको हकमा दोश्रो मात्राको रुपमा कोभिसिल्ड/एस्ट्राजेनेका खोप प्रदान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।



