इटहरी / प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई इटहरीमा कालो झन्डा देखाइएको छ । अनेरास्ववियु र युवासंघका कार्यकर्ताले इटहरीको मुख्य चोकमा मुख्यमन्त्री राईलाई कालो झन्डा देखाएका हुन् ।नालायक सरकार मुर्दावाद, भ्रष्ट सरकार मुर्दावाद र मन्त्रालय फुटाउन पाइँदैन लगायतका नारा लगाउँदै कार्यकर्ताले मुख्यमन्त्रीको बाटो छेक्ने प्रयास गरेका थिए । कार्यकर्तालाई प्रहरीले समालेपछि मुख्यमन्त्री आफ्नो बाटो लागेका छन् ।

प्रदेश मन्त्रिपरिषदको आईतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सोही निर्णय बमोजिम प्रदेश नं. १ तत्काल कायम रहेका ७ मन्त्रालयलाई हाल १२ वटा मन्त्रालयमा विभाजन गरिएको छ ।

272355836_1306391313157995_4539920190879299980_n273080432_994680601482586_8214981298504248849_n