स्मार्ट्फोन ब्राण्ड भिभोले आफ्नो नयाँ फ्लागशिप मोडल V23e 'भि ट्वान्टिथ्री इ' को सफल प्रीबुकिङ्ग पश्चात् फेब्रुअरी महिनामा भिभोटाइन मनाउने भएको छ्। भिभोले फेब्रुअरी ६ देखि १४ सम्म भिभोटाइन मनाउने भएको हो।भिभोको आक्रमक बजार बिस्तारलाई कायम राख्दै V- Series अन्तर्गतको नयाँ V23e लाई थप प्रबर्द्धन गर्न भिभोटाइन फोटोग्राफी कन्टेस्ट र डिस्काउन्ट कुपन अफर गरेको हो। भिभोटाइन फोटोग्राफी कन्टेस्ट अन्तर्गत भिभोको फोनद्वारा खिचिएको कुनैपनी फोटो फेसबुकमा पोष्ट गरेर सबैभन्दा धेरै लाइक आउने ५ जनाले उपहार जित्न सक्नेछन् । पुरस्कारमा Ankur Sound core ब्रान्डको रु ३० हजार मुल्यको पार्टी स्पिकर र नगद जित्न सक्ने भिभोका पुर्वान्चल एरिया सेल्स म्यानेजर निमेष घिमिरेले बताए ।
साथै डिस्काउन्ट कुपन अन्तर्गत कुनैपनी भिभो V- Series को खरिदमा रु २ हजारको डिस्काउन्ट कुपन पाउन सक्नु हुनेछ जुन यहि फेब्रुअरी महिना भरी कुनैपनी भिभो V- Series फोनको खरिदमा प्रयोग गर्न सकिनेछ।

भिभोको रु १३हजार ६०० देखि ५० हजार सम्मका सेटहरु उपलब्ध छ भने पुर्बिबजारका लागि इटहरीको सेन्ट्रल प्लाजामा अत्याधुनिक सर्भिस सेन्टर रहेको छ। ग्राहकले समेत सकरात्मक प्रतक्रिया दएिको बताउँदै घिमिरेले भिभो खरदि वक्रिीमा कुनै समस्या नआएको उनको भनाई छ ।



