सुन्दरहरैँचा / पूर्व क्षेत्रकै शिक्षाको केन्द्र सुकुना बहुमुखी क्याम्पसको पन्ध्रौँ परिषद् बैठक तथा छात्रबृति कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार क्याम्पसको सभा हलमा क्याम्पस प्रमुख चन्द्रमणि राईले आ.व २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै चालु आ.व. २०७८/०७९ को लागि रु १९ करोड ७६ लाख ६८ हजार ९ सय ११ रुपैयाको अनुमानित आय–व्यव बजेट, नीति तथा कार्यक्रम, वार्षिक कार्ययोजना, आ.व. २०७७/०७८ को बाह्य लेखापरीक्षणको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो तस्तै कार्यक्रममा लेखा समितिका संयोजक चूडामणि तिम्सिनाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने पुनरावेदन समितिका संयोजक अमृतप्रसाद आचार्यले पुनरावेदन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समितिको तर्फबाट सदस्य सुरेन्द्रबहादुर थापाले क्याम्पस विद्यान २०७७ को पहिलो संशोधन २०७८ प्रस्तुत गर्नु भएको थियो ।

परिषद् बैठकको विहानी सत्रमा छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद अधिकारीको अध्यक्षता र सुन्दरहरैँचा नगरप्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा विभिन्न सङ्घ/संस्था तथा दाताबाट प्रदान गरिएको अक्षयकोष तथा क्याम्पसको आन्तिरिक स्रोतबाट कक्षा ११, १२, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई रु. ८ लाख ५३ हजार ३ सय बराबरको छात्रबृति प्रदान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै स्ववियू सभापति सन्तोश लिम्बुले प्राप्ताङ्कलाई मात्र जोड दिँदा जेहन्दार तथा गरिब बिद्यार्थी छात्रवृतिबाट बन्चित हुने हुँदा त्यस तर्फ ध्यान दिनुपर्ने उहाँको जोड थियो ।

तेयस्तै दिवा सत्रमा सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा क्याम्पसको पन्ध्रौँ परिषद् बैठक सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमका विशिष्ट अतिथि प्रदेश १ सभा सदस्य लोकप्रसाद सङ्ग्रौला तथा अतिथिहरुमा पूर्वक्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई र जिल्ला समन्वय समिति मोरङका सदस्य विश्वेसोर ढकाल रहनु भएको थियो ।
कार्यक्रममा सभापति तथा क्याम्पस संचालक समितिका अध्यक्ष केसव प्रसाद अधिकारीले प्राबिधिक धारका बिषयहरु संचालनका लागि अघि बढ्नु पर्नेमा जोड दिनु भयो । त्यस्तै स्मार्ट कक्षा संचालनका लागि समेत पहल भइरहेको जानकारी गराउनुभयो साथै आगामी दिनमा बिश्व विद्यालय तथा प्रदेश विश्व विद्यालयको रुपमा अगाडी बढ्ने सोच बनाएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा मेयर शिव प्रसाद ढकालले प्राबिधिक शिक्षालाई जोड दिदै अगाडी बढ्न शुझाव दिनुभयो । प्राबिधिक धारका बिषय अध्यापनका लागि सम्बन्धन प्राप्त गर्न सके सुन्दरहरैंचाका नागरिकले प्राबिधिक शिक्षाका लागि अन्यत्र जाने परिस्थितिको अन्त्य हुने उहाँको धारणा थियो । साथै स्थानीय सरकारले सकेसम्मको सहयोग गर्न सधै तयार रहेको समेत प्रस्ट पार्नुभयो ।
कार्यक्रमा उपस्थित सबैलाई सञ्चालक समितिका उपाध्यक्ष गोपालबहादुर थापाले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गर्नु भएको थियो ।


