पाथीभरा एड्भरटाइजिङ्ग द्धारा शैक्षिक संस्थालाई सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण

alt

इटहरी । महिनावारी भएको समयमा सहज रुपमा सेनेटरी प्याड नपाउदा विद्यालय तथा कलेजको पढाई छोड्न  छात्राहरुको  वाध्यता हुँदै आएको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा दुईवटा शैक्षिक संस्थालाई सेनेटरी प्याड भेन्डिङ मेसिन उपलव्ध गराइएको छ ।

  पाथीभरा एड्भरटाइजिङ्ग प्राइभेट लिमिटेडले इटहरी उपमहानगरपालिका वडा नम्बर २मा रहेको महेन्द्र माध्यमिक विद्यालय र वडा नम्बर ५मा रहेको जनता बहुमुखी क्याम्पसलाई आफनो स्थापनाको ७ औं वर्ष पुरा गरेको अवसर पारेर सेनेटरीप्याड भेन्डिङ मेसिन उपलव्ध गराएको हो ।273053142_1363865770715064_6123401943682239319_n

    पाथीभरा एड्भरटाइजिङ्ग प्रालि का प्रवन्ध निर्देशक पवन अधिकारीले विगतमा आफु अध्ययन गरेका विद्यालय तथा क्याम्पसका छात्रालाई महिनावारी भएकै कारण पढाई छोड्नु नपरोस भनेर विद्यालय तथा क्याम्पसमै सेनेटरीप्याड उपलव्ध गराउन सकियोस भनेर भेन्डिङ मेसिन उपलव्ध गराएको वताए ।

 भेन्डिङ मेसिन क्याम्पसमा नभएका कारण छात्राहरुले धेरै समस्या भोग्दै आईरहेको समयमा मेसिन उपलव्ध भएपछि छात्राहरुलाई सहज हुने जनता वहुमुखी क्याम्पसकी छात्रा अप्सरा कार्की वताउछिन ।

महिनावारी भएकै कारण कलेज छोडेर छात्राहरु जानु पर्ने स्थीतीलाई मध्यनजर गर्दै कलेजमै केही प्याडहरु ल्याएर राखेपनि प्याड माग्न आउन समेत विद्यार्थीहरुलाई  अप्ठ्यारो भई रहेको तर्फ मध्यनजर गर्दै सेनेटरीप्याड भेन्डिङ मेसिनको आवश्यकता महसुश भई रहेको समयमा उपलव्ध गराई दिएको भन्दै जनता वहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख गिता पौडेल अधिकारीले प्रशंषा गरिन ।

छात्रा विद्यार्थीहरुलाई महिनावारी हुँदा विद्यालयमा भोग्नु पर्ने पिडालाई मध्यनजर गर्दै न्युनिकरणका लागि केही सामाग्री विद्यालयका पुर्व विद्यार्थी तथा पाथीभरा एड्भरटाइजिङ्गका पवन अधिकारीले उपलव्ध गराई दिएपछि छात्राहरुलाई केही हद सम्म सहज हुने महेन्द्र माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक पौडेलले विश्वास व्यक्त गरे ।

   पाथीभरा एड्भरटाइजिङ्ग व्यवसायीक संस्था भएपनि  सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा समेत सहयोगी भुमिका खेल्दै आएको छ । 


    झापामा तीव्र गतिका कारण मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु झापामा तीव्र गतिका कारण मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    इटहरी । झापाको बाह्रदशी गाउँपालिका(३ रामनगरमा मोटरसाइकलको ठक्करबाट एक जना स ...

    ताप्लेजुङको सुकेटार विमानस्थलमा दुई महिनादेखि उडान ठप्प, यात्रुको अभाव र प्रतिकूल मौसमका कारण हवाई सेवा अनिश्चित ताप्लेजुङको सुकेटार विमानस्थलमा दुई महिनादेखि उडान ठप्प, यात्रुको अभाव र प्रतिकूल मौसमका कारण हवाई सेवा अनिश्चित

    इटहरी । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई महिनादेखि नियमित हवाई सेवा ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]