इटहरी । पाँच तलाको लिफ्ट सहितको सुनसरीको इटहरी उपमहानगरपालिकामा अपागं मैत्री प्रशासनिक भवन बन्ने भएको छ ।

 आगामी वि.सं. २०८० साल असार महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण गर्न लागिएको प्रशासनिक भवन एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एक कार्यक्रमका विच शिलान्यास गरे ।

 इटहरी उपमहानगरपालिका वडा नम्बर ६ उपमहानगरपालिका परिषदमै निर्माण गरिने प्रशासनिक भवन शिलान्यास कार्यक्रम वडा नम्बर ६का वडाध्यक्ष दिपक गौतमको अध्यक्षता तथा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका इञ्जीनियर जीवन घिमीरेले प्रशासनिक भवनको संरचनाका विषयमा जानकारी गराएका थिए ।

१२ करोड ७२लाख ५८हजार ७ रुपैयाको लागतमा निर्माण सम्पन्न हुने भवनमा सोधपुछ शाखा, जिन्सी शाखा, प्रशासनिक तथा अन्य शाखाहरु शाखा प्रमुखहरुको कार्यकक्ष अपागं मैत्री शौचालय नगरप्रमुख , उपप्रमुखको कार्यकक्ष समेत रहने भवनमा लिफ्टको सुविधा समेत रहेको जानकारी गराइयो ।20220213_090042

शिलान्यास कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी , उपप्रमुख लक्ष्मी गौतम , प्रदेस नम्बर १ प्रदेस सभा सदस्य सर्वध्वज साँवा एमाले केन्द्रीय सदस्य अमृता सुब्बा ,एमाले नगर अध्यक्ष याम सुब्बा लगायतको सहभागिता रहेको थियो ।