सुनसरी /  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गिय संगठनहरुले सुनसरीको इनरुवामा विरोध प्रदर्शन गरेका छन् ।

‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै नेकपा एस निकट जनवर्गिय सगठन्हरुले सडकमा नारा लगाएका थिए ।

विरोध प्रदर्शनपछि भएको कोणसभालाई सम्बोधन गर्दै पार्टी निकट विद्यार्थी संगठन् अनेरास्ववियूका केन्द्रीय सचिव सुमन कार्कीले एमसीसी सम्झौता राष्ट्रघाती भएको बताए । उनले भने, ‘एमसीसी राष्ट्रघाती छ, यहि सम्झौताका नाममा अमेरिकाले नेपाल जस्तो सार्वभौम मुलुकमाथि नांगो हस्तक्षेप गरिरहेको छ ।’

IMG_20220213_142344

एमसीसी जस्तो राष्ट्रघाती सम्झौता तत्काल फिर्ता हुनुपर्ने नभए आफ्नो पार्टीले शसक्त प्रतिकार गर्ने उनले बताए ।
विरोध प्रदर्शनमा पार्टी पोलिटब्यूरो सदस्य धर्मराज निरौला, पोलिटब्यूरो सदस्य एवं पार्टी जिल्ला इन्चार्ज महफुज आलम, केन्द्रीय सदस्य तथा सह–इन्चार्ज केशव तिम्सिना, जिल्ला अध्यक्ष गोविन्द निरौला लगायत विभिन्न नेता–कार्यकर्ताको  उपस्थिति रहेको थियो ।

273494015_664738391337762_4453574149450315767_n