बिराटनगर/ मोरंग बिराटनगरमा नेपाल परिवार दलले बिपन्न परिवारलाई राहत बितरण गरेको छ। परिवार दलका मोरङ जिल्ला अध्यक्ष सरोज पौडेलको अध्यक्षता र परिवार दलका केन्द्रीय स-माहामन्त्री तथा प्रदेश नं १ का स-संयोजक अशोक कुमार चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा विशिष्ट अथितिको रुपमा मोरङ तेक्वान्दो संघ का जिल्ला उपाध्यक्ष ईश्वर बास्कोटा, शान्ति बल नेपाल मोरङका संयोजक रबिन शर्मा , नेपाल परिवार दल बिराटनगर माहानगर संयोजक सुरज कोईराला को उपस्तिथिमा बिराटनगर माहानगरपालिका वडा न ३ पोखरीयामा २० बिपन्न परिवारलाई राहत बितरण गरिएको थियो ।

राहत बितरणमा प्रति परिवार २५ के जी चामल, १० के जी आटा, चना १ के जी , मुसरी दाल १ के जी, चिनी १ के जी, खाने तेल १ लीटर र साबुन ४ पीसका दरले बितरण गरिएको थियो । कोभिड १९ का कारण ग्रसित भएका परिवारमा राहतस्वरूप चु जी फाउण्डेसनले चु जी तपाईंको ख्याल गर्दछ भन्ने नारा सहित नेपाल अधिराज्य भरि नै नेपाल परिवार दल मार्फत राहत बितरण गरिएको कार्यक्रम सहजकर्ता नेपाल परिवार दल मोरङ सचिव बिजय कोइरालाले बताए ।

कार्यक्रमका प्रमुख अथिती अशोक कुमार चौधरीले सहयोगी संस्था चु जी फाउण्डेसनले जनताको घर घर मा सेवा गर्ने अवसर जुराई दिएकोमा धन्यवाद खुसि ब्यक्त गरे साथै जिल्लाअध्यक्ष पौडेलले आझै परिवार दलले यस्ता राहतका कार्यक्रमहरु निरन्तरता दिने बताए /


