इटहरी । नौमति र पञ्चे बाजा संरक्षणमा जुटेका बाह्मण क्षेत्री लगायतका इटहरीका महिला अहिले व्यवसायिक रुपमै नौमति र पञ्चे बाजा बजाउन थालेका छन ।
कुनै एक जातिले मात्र बजाउने भनेर परिचित नौमति र पञ्चे बाजा लोपोन्मुख बन्दै गएका मध्यनजर गर्दै संरक्षणका लागि बजाउन सिकेका इटहरी बाह्मण क्षेत्री लगायतका महिलाहरुको अहिले आम्दानी स्रोत समेत नौमति र पञ्चे बाजा वन्न थालेको हो ।

क्षेत्री बाहुनले त्यसमा पनि महिलाहरुले छुन समेत हुदैन भन्ने मान्यतालाई चिर्न सुरुसुरुमा समस्या भएपनि अहिले आएर आफुहरुले नौमति र पञ्चे बाजा बजाएको देख्नेहरु वाह गर्न थालेको समुहकी अर्की सदस्य शशि निरौला दाहाल वताउछिन । बाजा संरक्षण र केही आम्दानी समेत गर्न सकिन्छ भनेर सिकेको भएपनि अहिले आएर धेरै तिर बोलाउन थालेको समेत दाहालले जानकारी दिइन ।
इटहरी तथा आसपासका क्षेत्रमा विवाह व्रतमन्न पुराण लगायतका शुभ साइतको लागि नौमति पञ्चे बाजा बजाउने कामका लागि पछिल्लो नौमति पञ्चे बाजा महिला समुहलाई नै सझन थालिएको छ । आफनो संस्कृति जोगाउन जुटेका महिला समुहलाई प्रोत्साहन गर्न आफुले पनि महिला समुहको पञ्चे बाजाका लागि अनुरोध गरेर पुराणको शोभा यात्रामा बोलाएको इटहरी निवासी व्यवसायी शिवप्रसाद घिमीरे वताउछन ।
नौमति पञ्चे बाजा महिला समुहमा २५ जना महिलाहरु आवद्ध रहेका छन । यसरी महिलाहरु संगठित भएर लोपन्मुख बन्दै गरेको बाजा संरक्षणमा जुटेर अन्य लोपन्मुख बन्दै आएको नेपाली कला ,संस्कृति संरक्षणमा जुट्न संदेश समेत इटहरीका महिलाहरुले दिएका छन ।

