राष्ट्रिय युवा सङ्घले २०७८ फाल्गुन २ गते सोमवार प्रणय दिवसको अवसरमा “न्याय प्रेमी, युवाहरू युवा सङ्घमा, सामाजिक परिवर्तन युवाका काँधमा” भन्ने मुख्य नाराका साथमा राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला कमिटीद्वारा सुजन लामाको अध्यक्षतामा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

“देश विकास र परिवर्तन को लागि आजको युवा पुस्ताहरू घरमा बसेर देशमा यस्तो भएन, उस्तो भएन भन्दै अग्रज नेताहरूलाई दोष देखाउनको साटो आफै देश निर्माण को निम्ति राजनीतिमा उत्रिएर आफ्नो हकको लागि आफै आवाज उठाउन जरुरी छ” लामाले भनेका छन् ।
गत फाल्गुन २८ गते सुजन लामाको अध्यक्षतामा जिल्ला पार्टी कार्यालयमा ७५ सदस्य राष्ट्रिय युवा सङ्घ, सुनसरी जिल्ला कमिटी गठन भएको थियो । राष्ट्रिय युवा संग नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भातृ सङ्गठन हो ।


