इटहरी/ राष्ट्रिय युवा संघ नेपालले इटहरी उपमहानगरपालिका कमिटीको इञ्चार्जको जिम्मेवारी राजेश आठपारे राईलाई प्रदान गरेको हो। राईलाई आईतबार इञ्चार्जको जिम्मेवारी तोकिएको हो।

राष्ट्रिय यूवा संघको जिम्मेवारीमा रहेर बिभिन्न सामाजिक कृयाकलापमा संलग्न राईले इटहरीमा रहेर लागुऔषधको दुर्व्यसनीमा  फसेका युवालाई दुर्व्यसनबाट छुटाउन मोक्ष पुनस्पथापना केन्द्र पनि सञ्चालन गर्दै आउनुभएको छ।

213530227_175536821259384_1135674008431443892_n

इञ्चार्जको जिम्मेवारी पाएपछि राईले राष्ट्रिय यूवा संघलाई अझ शशक्त बनाउदै सामाजिक कृयाकलापमा सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ।