बुधबार नेपाल बन्द घोषणा गरेको समाजबादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार साँझ  इटहरी ९ हटियालाइनमा राँके जुलुस निकालेको छ । 

इटहरी ९ हटियालाइनबाट सुरु भएको जुलुस इटहरी चोकमा आएर कोणसभामा परिणत भएको थियोे । कोणसभालाई समाजबादी पार्टी जिल्ला अध्यक्ष सान्ति गजमेर  विप्लप इनरुवा  इन्चार्ज हर्क लिम्बुले  सम्बोधन गरेका थिए ।  

इटहरी चोकमा आयोजित जुलुसपछिको कोणसभाको  राँके जुलुसमा ‘राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, देश बेच्न पाइँदैन, दलाल संसदीय व्यवस्था मुर्दावाद’लगायत नारा लगाइएको थियोे । 

पहिलेदेखि नै मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)विरुद्ध रहेको  पार्टीले आकस्मिक रूपमा राँके जुलुस निकालेको हो ।273720393_223096329958507_8784526031587544120_n