नेपाल सरकारका सुचना तथा संचार मन्त्री एवम सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र कार्की निर्वाचन क्षेत्रमा लोकप्रिय बन्र्दै गएका छन । निर्वाचन क्षेत्रमा आफ्नो मदतदातालाई दिएको आशवाश्न पुरा गर्नका लागी बिभिन्न मन्त्रालयदेखी निर्वाचन क्षेत्र बिकास कार्यक्रमबाट बजेट बिभिन्न क्षेत्रमा बिनियोजन गरी जनताको मन जित्दै कार्की लोकप्रिय बन्दै गएका हुन । अन्य नेताले बिभिन्न प्रकारको आस्बासन मात्र दिइने काम नगर्ने प्रवृतिका कारण आजित स्थानियहरु मन्त्री ज्ञानेन्द्र कार्कीले निर्वाचनको बेला गरेका बाचा मतदाताहरु माझ आएर स्थानियको आवश्यता बुझि बिकासका योजना ल्याई रहेकाले आफुहर विश्वस्त भएको सुनसरी क्षेत्र नम्बर ४ का स्थानीयहरु बताउछन् ।
निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तरगत निर्वाचन क्षेत्रको बिकासमा बिनियोजित बजेट मार्फत कार्कीले शिक्षा, स्वास्थ्य, खानेपानी तथा खेलकुद जस्ता बिषयमा उदाहरणीय र उत्कृष्ठ काम गरेका छन् । जसले गर्दा कार्की आफनो निर्वाचन क्षेत्रमा मात्र लोकप्रिय छैन राष्ट्रिय स्तरमा उनको बिकास प्रतिको मोह प्रसंसनिय छ ।
कार्कीकै पहलमा सुनसरीको ग्रामीण क्षेत्र चिनिएको सुनसरी क्षेत्र नं ४ को सडक कालोपत्रे देखी श्रीलका टाप्पुमा बिजुली बती समेत पुकोको अवस्था छ । यही कारण उनि फेरी आफनो निर्वाचन क्षेत्रमा विजयी हुने निश्चित छ ।
मन्त्री कार्कीले हाल चक्रघट्टी तथा वराहक्षेत्रलाई स्माट सिटि बनाउन पहल थालेका छन् । मन्त्रालयको जिम्मेबारीबाट थोरै फुर्सद निकाले कार्की बिद्यार्थीहरुलाई पुस्तक, जाडोका लागि न्यानो कपडा, तथा छात्राबृती बितरणका लागी आफनो मतदाताहरु माझ भेटघाट गर्न सुनसरी आउने गरेका छन् । साथै सुनसरीमा अन्तराष्ट्रिय संघ संस्थाहरुको संगको सहकार्यमा नयाँ बिकासका कार्यक्रमहरु ल्याउने तयारी गरिरहेका छन् ।उनै मन्त्री कार्कीको पहलमा वराहक्षेत्र नगरपालिको एक मात्र बहुमुखी क्याम्पस सप्तकोसी बहुमुखी क्याम्पसको भबन निमाणर् गरी पठन पाठन सुरु भएको छ । जसले गर्दा बराहक्षेत्रको बिद्याथीको उच्च शिक्षा हासिल गर्न टाढा जानु पर्ने बाध्यताको हल भएको छ ।
पटक पटकको निर्वाचनमा जनताले जिताएर पठाएको नेताले निबार्चनका बेला भाषणमा मात्र बिकासको कुरा गर्ने गरेकाले आजित भएका यहाँका स्थानीयरु कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा गरेको काम प्रति प्रणर् खुशी छन् । र आगामी हुने जस्तो सुकै निर्वाचनमा कार्कीलाई विजयी गराउने स्थानियहरुले अठोट समेत लिएका छन् ।


