बराहक्षेत्र/ प्रेस चौतारी नेपाल बराहक्षेत्र नगर कमिटीको अध्यक्षमा लक्ष्मण कटवाल चयन भएका छन्। बराहक्षेत्र–५ स्थित ब्लु स्काई पार्टी प्यालेसमा शनिबार सम्पन्न तेश्रो अधिबेशनले कटवाललाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो।

बराह अनलाइन डटकमका भरौल सम्बाददाता, सुनसरी एफएमका कार्यक्रम सञ्चालक एवं कोशी पत्र दैनिकका सम्बाददाताको रुपमा कटवाल कार्यरत छन्।

त्यसैगरी पत्रकार राजन घिमिरे र गंगा कुमारी भट्टराई उपाध्यक्षमा चयन भएका छन्। सचीवमा सुदन गुरागाईँ, सहसचीवमा कमल खड्का, समावेशी सहसचिवमा भुमिका रसाइली र कोषाध्यक्षमा आदेश गौतमलाई जिम्मेवारी तोकिएको छ।

यस्तै सदस्यहरुमा खड्ग लिम्बू, हरिबहादुर बस्नेत, सृजना थापा, रमेश थापा, रेणुका घिमिरे र बिश्व थुलुङ राई चयन भएका छन्। त्यसैगरी सल्लाहकारहरुमा अर्जुन श्रेष्ठ, सुमन बिकल, नवराज बिष्ट र प्रदीप कुमार चौधरी मनोनीत भएका छन्।

274469367_4976896675711238_5958541957651469294_n

प्रेस चौतारी नेपाल, बराहक्षेत्रकी निवर्तमान अध्यक्ष एवं प्रेस चौतारी नेपाल सुनसरीकी उपाध्यक्ष बिमला घिमिरेको अध्यक्षता तथा प्रेस चौतारी नेपालका उपाध्यक्ष लिलाराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पत्रकार प्रदिप कुमार चौधरीलाई आदिवासी जनजाती पत्रकार महासंघको सचीव भएकोमा बधाई र अन्य तीनजना पत्रकारहरु भीषण राई, अबिजाल बिष्ट र केशव घिमिरेलाई नगद ५ हजारसहित सम्मान गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि भट्टराईसहित प्रदेश प्रतिनिधि नवराज बिष्ट, प्रेस चौतारीका केन्द्रिय सदस्यहरु देवेन्द्र कार्की, सन्तोष काफ्ले, नेकपा एमाले जिल्ला उप–सचिव योग्यराज खड्का, प्रेस चौतारी सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेल, स्थानीय राजनीतिकर्मी राजेन्द्र कार्की, देवेन्द्र बिष्टलगायतले अधिवेशन सफलताको कामना गर्नुभएको थियो।