विराटनगर / सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रवार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका-८ स्थित कोसी लोक मार्गमा को.२०प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक विराटनगर-१४ का ३० वर्षीय श्याम कामतको उपचारको क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको हो ।


