विश्व चर्चित कम्पनीका नयाँ नयाँ ब्राण्डहरु नेपाल भित्र्याउँदै आएको ‘ओलिज स्टोर’को नयाँ शाखा इटहरीमा खुलेको छ ।
इटहरीको धरान रोडमा नयाँ शाखाको उघोग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्घाटन गर्नुभएको थियो । उपत्यका बाहिर एप्पलको पहिलो आधिकारिक स्टोर भएको ओलिज स्टोर काठमाडौँका सञ्चालक लोकेश ओलीले जानकारी दिनुभयो ।

स्टोरले नेपालमा एप्पल लगायत विभिन्न ब्राण्डका जेन्युन ग्याजेट तथा एसे सरिजहरु उपलब्ध गराउँदै आएको छ । काठमाडौंको बबरमहलमा मुख्य स्टोर रहेको ओलिजले देशभर अनलाइनमार्फत विभिन्न ब्राण्डका ग्याजेट तथा एसे सरिजहरु बिक्री गर्दै आएको थियो । तर नयाँ शाखा खुलेसँगै ग्राहकहरुलाई थप सुविधा थपिने ओलिज स्टोर इटहरीका सञ्चालक जर्मन पौडेलको भनाई छ । खरिद गरिएका सामग्रीमा ग्यारेन्टी र इन्स्योरेन्सको सुविधा रहेको पौडेलले जानकारी दिनुभयो ।




