इटहरी / इटहरी ८ घुर्कीमा इभर ग्रिन गार्डेन एण्ड नर्सरी रिसोर्ट सञ्चालनमा आएको छ । बिभिन्न प्रजातिका फुलहरूको बगौचा र नर्सरी बनाएर पर्यटकहरूलाई तान्ने सोचका साथ इटहरीका शरद लामाले रिसोर्ट सञ्चालन गर्नुभएको हो । साढे ४ बिगाहामा फैलिएको रिसोर्टमा विशेषत फुल अध्यान तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यका साथ रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ । हाल रिसोर्टमा ३५० प्रजातिका फुलहरुका बिरुवा उपलब्ध छन् ।
रिसोर्टमा चाडै लज, सुइमिङ पुल, घोडा सवारी, क्याम्प फायर, सेमिनार हल र सांगीतिक इभेन्ट जस्ता सुविधाहरू उपलब्ध हुने सञ्चालक लामाले जानकारी दिनुभयो । रिसोर्टमा १ नं. प्रदेशकै पहिलो इन्देणी पार्कको समेत स्थापना गरिएको छ । यहाँ घुम्न आउने पर्यटकहरूको लागि बार र रेष्टुरेन्टको सेवा उपलब्ध गराइएको छ ।
कोरोना संक्रमण र कार्तिक पहिलो साता आएको बेमौसमी बाढीका कारण रिसोर्टको अन्य संरचना बन्न ढिलो भएको जनाइएको छ। हाललाई भने रिसोर्टमा पर्यटकहरूको लागि खुला गरिएको छ ।




