सुन्दरहरैंचा  । सुन्दरहरैंचा विकासको बगैंचा, विकासको आधारः कृषि, पर्यटन र पूर्वाधार भन्ने लक्ष्यलाई सार्थक रुप दिन मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रभित्र विविध विकासका कामहरुलाई अघि बढाइएको छ । 

सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ मा पनि पूर्वाधारका कामहरु भइरहेका छन् । वडा कार्यालय रहेको खोक्सीदेखि गौसला प्रवेशद्वारसम्म सडक कालो पत्रे गर्ने काम भइरहेको ५ नम्बर वडा अध्यक्ष रामप्रसाद रिजालले बताउनुभयो । वडा अध्यक्ष रिजालले २० लाखको लागतमा भइरहेको सडक कालोपत्रे गर्ने कार्य फागुन महिनाभरिमा सम्पन्न हुने  बताउनुभयो। उपभोक्ताहरुसँगको साझेदारीमा यो काम भइरहेको छ । 

त्यसैगरी खड्ग गुम्बा जाने सडक पनि कालो पत्रे भइरहेको छ । वडा अध्यक्ष रिजालकाअनुसार १२ लाख ५० को लागत साझेदारी यो सडक कालोपत्रे गर्न थालिएको हो । 

वडा अध्यक्ष रिजालले आफू जनप्रतिनिधिको रुपमा आएपछि वडा क्षेत्रभित्रका सबै बाटो तथा सडक कालोपत्रे गर्ने कार्यमा लागि परेको  बताउनुभयो । 

274550649_501987691497504_736799543351338289_n

यस वडामा वडा अन्तर्गत रहेका सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री वितरणजस्ता कार्यक्रम पनि संचालन,  महिला वचत समूहहरुलाई आर्थिक कारोबार सम्बन्धि प्राविधिक तालिम, पशुपंक्षी व्यवसायीहरुलाई प्राविधिक तालिम, करेसाबारीमा तरकारी खेतिलाई विउविजन वितरणजस्ता कार्यक्रम पनि संचालन गरिएको वडा सदस्य गणेश चौधरीले बताउनु भयो  । 

त्यसैगरी दैविक विपद राहत वितरण, नमूना सामुदायिक वन समूह नर्सरी व्यवस्थापन कार्यक्रम , विपन्न परिवार स्वास्थ्य वीमा कार्यक्रम, दलित तथा आदिवासी जनजाति महिला उत्थान लगायत  कार्यक्रम पनि वडाभित्र संचालन गरिएको वडा सदस्य  संगीता सापकोटाले बताउनु भयो  । 

55498143_219060152384402_6732050435466592256_n

आठौं नगरसभाबाट पारित भएका बार्षिक बजेट, नीति, कार्यक्रम तथा निणर्यहरु पूणर् कार्यान्वयन गर्नमा कोभिड-१९ को महमारी बाधक भएको वडा अध्यक्ष रिजालले बताउनुभयो ।वडामा ठूला विकासका आयोजना अघि बढाउन संघीय र प्रदेश सरकारसँग बजेट माग गर्ने काम निरन्तर भइरहे पनि त्यसले सार्थकता पाउन समय लाग्ने वडा अध्यक्ष रिजालको भनाई छ । बुढीखोला नदी नियन्त्रण, हसिना सिमसार पूर्वाधार विकास सडक कालोपत्रेजस्ता योजना यस वडाका ठुला योजना हुन् । यी दुई योजनाको लागि संघीय सरकारसँग ४५ करोड माग गरिएको थियो । त्यसैगरी नमूना सामुदायिक वन हुदै तुलसी चौकसम्म जाने सडक कालोपत्रे यस वडाको अर्को ठुलो योजना हो । उक्त सडक कालोपत्रेका लागि प्रदेश सरकारसँग १ करोड ५० लाख माग गरिएको थियो । वडाको दिगो विकासको लागि आन्तरिक स्रोत बृद्धि गरी जनतासँगको साझेदारीलाई पनि थप मजबुद बनाउनु पर्ने आफ्नो अनुभव रहेको वडा अध्यक्ष रिजालको भनाई छ ।