सुन्दरहरैचा /  मनकामना अटाेमाेवायल्स बजाज साेरूम् विराटचाेकद्वारा वर्कसप मिट सम्पन्न गरेको छ । शुक्रबार माेरङकाे सुन्दरहरैचा नगरपालिका १० स्थित विराटचाेकमा रहेको हाेटल स्वादकाे सभाहलमा आयाेजित कार्यक्रममा विभिन्न माेटरसाइकल मर्मत केन्द्रकाे ३२ जना प्राविधिकहरूकाे सहभागीता रहेको थियो   । 

कार्यक्रमका सभापति मनाेकामना अटाे माेबायल्सका प्रवन्ध निर्देशक डिल्लीप्रसाद ढकालले  कम्पनीका सेवा सुविधा संगै विभिन्न अफरहरूका बारेमा जानकारी गराएका थिए ।  उनलेे याे कार्यक्रमले बजारमा ग्राहकका समस्या र यसकाे समाधान गर्न  एक अर्कामा परिचय हुदा प्राविधिकलाई सहजहुने भएकाले याे कार्यक्रम राखिएको बताए । 

सहभागी कृपा शंकर मेहताले "बजारमा  नयाँ गाडि आउने तर यसकाे टुल्स नहुने भएकाले बनाउन नसकिने हुदा नयाँ गाडिसंगै टुल्स साेरूमले दिनुपर्नेमा" जाेड दिएका थिए ।  

यस्तै अन्य सहभागीले नयाँ  सवारीसाधन बजारमा आए पनि सामान नभेटिने सम्या रहेकाले यस्तो सामान सहजै पाए सेवाग्राही लाभान्वित हुने बताए । समय समयमा तालिमकाे व्यवस्था हुनुपर्ने सहभागीकाे माग थियो । यसैगरी मर्मत केन्द्रका प्राविधिकहररूकाे एउटा संगठन निर्माण गरेर मुल्य एकैदर बनाउनु पर्ने पनि सहभागीले कुरा उठाएका थिए ।  नेताचाेक, लेटाङ, सुन्दरहरैचा लगायत क्षेत्रबाट सहभागी भएका थिए । 

274500740_1005429846995357_539503272072659845_n

 प्राविधिकहरूले उठाएका कुरालाई कम्पनी सम्म पुर्याएर समाधान निकाल्न पहल गर्ने र समय माग र सहभागीता सुनिश्चित भए तालिम दिलाउने विषयमा आफू सकारात्मक भएको प्रवन्धक ढकालले बताएका थिए । कार्यक्रममा अतिथि हम्सराज हुलासएण्ड कम्पनीका रिजनल अफिसर जनार्दन निराैला,  राजेन्द्र शर्मा समेतको उपस्थित रहेकाे थियाे ।

 बजाज साेरूम विराटचाेकले फागुन १५ गतेदेखि ५ दिन एक्सचेन्ज अफर ल्याउने भएको छ । कुनैकुनै माेटरसाईकलकाे बजार मूल्य भन्दा १० हजार बढि थप साथै जुनसुकै माेटरसाईकल खरिदमा विषेश छुटकाे व्यवस्था गर्ने भएको छ ।