सुन्दरहरैँचा । अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन भएको छ । 

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए । कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुनेलगायत ब्याख्यात्मक घोषणासँगै एमसीसी संसदबाट अनुमोदन भएको हो । सम्झौता पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन। एमसिसी पारित हुँदा एमाले सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए। संसदबाट अनुमोदन भएसँगै ५० करोड अमेरिकी डलरको अनुदान कार्यक्रम कार्यान्वयन्मा  आउनेछ। एमसिसीबाट आएको पैसा नेपालका सडकको स्तरोन्नति र विद्युत प्रसारण लाइन बनाउन प्रयोग गरिनेछ ।