सुन्दरहरैचा /  मोरङको सुन्दरहरैचा नगरपालिकामा भुमी आयोगले सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नापजाँच गर्ने कार्य शुरु गरेको छ ।

केन्द्रिय भुमिआयोगका अध्यक्ष केशब प्रसाद निरौला, नगरप्रमुख शिवप्रसाद ढकाल उपप्रमुख धनमाया तामांग, प्रमुख प्रसासकिय अधिकृत बिनोद भट्टराई, सेखर ढकाल, वडा नं १०अध्यक्ष राजेन्द्र बहादुर थापा स्थानीय भूमिहीन, सुकुम्बासी, सर्वसाधारणको  उपस्थितिमा  बुधबार सुन्दरहरैचा नगरपालिकाको वडा नं १० बाट सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नापजाँच गर्ने कार्यको शुभारम्भ गरेको हो ।

जग्गा नापजाँच कार्यको शुभारम्भ गर्दै भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले जग्गा नापजाँच कार्यको देश भरिको पहिलो नगरपालिका सुन्दरहरैचा भएको बताए । उनले अब केही महिनामानै नगरका हरेक सुकुम्बासी वस्तीहरुमा हातहातमा लालपुर्जा उपलब्ध गराउने बताए ।

274342725_496436181865280_6914189352100245579_n

नगरप्रमुख ढकालले नगरमा करिब ६ हजार भन्दा बढी रहेका सुकुम्बासीहरुको हातहातमा आफुले आफ्नै कार्यकालमा नै आफ्ना नगरका सुकुम्बासी वस्तीमा सुकुम्बासीको हातहातमा लालपुर्जा आइपुग्ने बताए ।

नगरप्रमुख ढकालले स्थानिय तह निर्वाचन अगावै सबै सुकुम्बासीको हातहातमा लालपुर्जा वितरण गर्ने तयारी स्वरुप आफू अगाडि बढेको बताए । नगरले बुधबार देखि वडा नं १० बाट सुकुम्बासी वस्तीको जग्गा नापजाँच गर्ने कार्य शुरु गरेको छ ।