इटहरी । १२ औं स्थापना दिवसको को अवसर पारेर सुनसरीको प्रकासपुरमा रहेको पिपल बोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सरसफाई तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान कार्यक्रमका साथै सहकारी स्थापना दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रम अन्तरगत प्रकासपुर बजार क्षेत्रमा सरसफाई गरियो । त्यसै गरी फोहोर व्यवस्थापनका लागि प्रकासपुर बजार क्षेत्रका विभिन्न ठाउँमा डस्टविन समेत सहकारीले आफनो स्थापना दिवसको अवसरमा राखिदिएको छ । कार्यक्रममा गाउँवेशी सहकारी संस्थाका अध्यक्ष रविन घिमीरे , रामधुनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश पौडेल प्रकासपुर प्रहरी चौकीका इञ्चार्ज सञ्जीव अधिकारी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

