झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी राख्दा उपयुक्त हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल प्रदेश १ को आज बिर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका कारण प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् ।
उनले भने ‘कोशीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोशी गर्दा हुन्छ ।’


