इटहरी । भारतीय र आन्तरिक पर्यटकलाई केन्द्रित गर्दै सुनसरीको इटहरीमा  सोल्टी होटल लिमिटेडले पहिलोपटक आफ्नो व्यवस्थापनमा  हाइ इण्ड होटल आउँदो वैशाखबाट संचालनमा ल्याउने योजना रहेको कार्यकारी निर्देशक विनोद पौडेलले बताए ।

'मुलुकको हस्पिटालिटी क्षेत्रमा पाँच दशक लामो इतिहास बोकेको होटल 'सोल्टी होटल लिमिटेडलाई' व्यवस्थापनको जिम्मा दिएका छौं। हाम्रो नेपालकै ब्राण्ड राम्रो छ। विदेशी किन ल्याउनु भनेर सोल्टीलाई व्यवस्थापनको जिम्मा दिएका छौं,' उनले भने।

डेढ अर्ब रुपैयाँ लगानी मा सुरु हुन लागेको होटलले तीन महिनाभित्रै क्यासिनो संचालनमा ल्याउनप्रक्रिया अघि बढाई सकेको छ।

IMG-20210310-WA0003(1) इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल र गोर्खा डिपार्टमेन्ट स्टोर इटहरीका सञ्चालक बलराम आचार्यको संयुक्त लगानीमा सञ्चालनमा आउन लागेको होटल  एक बिघा क्षेत्रफलमा रहेको छ । कुल ९० वटा कोठा मध्ये  एउटा प्रेसिडेन्सियल सुइट, आठवटा सुइट रुम, १२ वटा एक्जुक्युटिभ रुम, २२ वटा डिलक्स रुम र ४७ वटा स्ट्यान्डर्ड रुम,दुईवटा ब्यांक्वेट, तीनवटा सेमिनार हल, स्पा, जिम, रेष्टुरेण्ट, लाउन्ज,होटलमा स्विमिङ पुल, हेल्थ क्लब, त्यस्तै एक हजार क्षमताको एक र ७ सय क्षमताको एक गरी दुई वटा ब्यांक्वेट हल लगायत विभीन्न सुविधा रहेको 'यो होटल बिजनेस लक्जरी र ट्रान्जिट होटलको रुपमा संचालनमा ल्याउने र यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको मागलाई मध्यनजर गर्दै  पश्चिमा मुलुक मात्र  नभएर भारत, बंगलादेश लगायत मुलुकका पर्यटक हरुको गन्तब्य स्थल बन्ने कुरा  निर्देशक पौडेलले बताए ।