अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका अर्धवार्षिक समिक्षा गोष्ठी सुरुवात भएको छ । संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा भएको गोष्ठीमा गोष्ठीमा विभागीय प्रमुख, अनुगमन अधिकृत साथै ७ वटै प्रदेशका ६० वटा शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको उक्त कार्यक्रम तिन दिनसम्म सञ्चालन हुने छ । समिक्षा गोष्ठीमा आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले लघुवित्त सम्बन्धी यसका समस्था र सम्चावनाका बारेमा जानकारी दिनुभएको थियो । पोखरामा आयोजना गरिएको गोष्ठीको उद्घाटन समारोहमा संस्थाका संस्थापक सदस्य सोम प्रसाद  पौडेल र पूण्य प्रसाद पौडेलको समेत उपस्थिति रहेको थियो । पन्ध्र करोड पच्चीस लाख रहेको यस संस्थाले देशभरका २१ जिल्लाका २६ हजार विपन्न परिवार माझ २ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । सर्वसाधारणलाई साधारण सेयर निश्कासन गरेपश्चात संस्थाको चुक्तापूँजी २५ करोडपुग्ने र सोका लागि प्रक्रिया सुरु भएको कुरा संस्थाका कार्यकारी प्रमुख रोशनकुमार अधिकारीले बताउनुभयो । वित्तीय साक्षरताको यो अभियानमा नेपाल राष्ट्र बैंकबाट जारी भएको वित्तीय साक्षरता मार्ग दर्शन, २०७८ को  मर्म अनुसार विषयहरु समेटिएको छ ।IMG_1801IMG_1744