इटहरी , नेकपा एमाले इटहरी वडा न २ अन्तगर्त आयुर्वेद हवाइचोक टोल कमिटि गठन सम्पन्न भएको छ ।
स्थानीय निकायको निर्वाचन तोकिएसंगै एमालेले इटहरी २ मा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पार्दै उत्त टोल कमिटि गठन गरेको हो । नव गठित टोल कमिटीको अध्यक्षमा भोला आचार्य चयन गरिएको छ भने उपाध्यक्षमा शेषराज घिमिरे ,सचिवमा डिक राज घिमिरे, सहचीवमा विशाल खतिवडा र दिपक थापा सहित २७ सदस्यीय कमिटी सर्बसहमत गठन गरिएको थियो ।
नेपाल निर्वाचन आयोगले निर्वाचन मिति तोके सगै नेपाल कम्युनिष्ट पाटि नेकपाले इटहरी वडा न २ का विभिन्न स्थानमा आफ्नो सकृयता देखाउदै कमिटि गठनलाई तिब्र पारेको छ । टोल कमिटि संगै उर्मिला धामिको संयोजकत्वमा ९ जनाको अनेम संघ समेत गठन गरीएको छ ।
भने विशाल खतिवडाको संयोजकमा १३ सदस्यीय युवा संघ समेत सोहि कार्यक्रमबाट गठन गरिएको थियो । इटहरी वडा न २ कमिटिका सदस्य बल बहादुर थापाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।




