इटहरी उपमहानगरपालिकाको वडा नम्वर ५ को कार्यालय भवन उद्घाटन भएको छ । एक समारोहबीच मेयर द्धारिकलाल चौधरीले सोमबार इटहरी वडा ५ को कार्यालय भवन उद्घाटन गर्नु भएको हो । कार्यक्रममा मेयर चौधरीले बहुवर्षे योजना अन्र्तगत धेरै योजना संचालनमा रहेको जानकारी दिनुभएको छ । केही योजना निर्माण भइसकेको छन् भने केहि अवको केहि समय भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढेको मेयर चौधरीले बताउनु भएको छ । चौधरीले इटहरीले पूर्वाधार निर्माणमा फडको मारेको दावीदाबि समेत गर्नु भएको छ । कार्यालय भवन भएपछि जनतालाई वडावाट सेवा लिन सहज भएको वताए । इटहरीकी उपमेयर लक्ष्मी गौतमले यो कार्यकाल पूर्वाधार निर्माणका काममा उल्लेखनिय उपलब्धी गरेको समेत बताउनु भएको छ । उपमेयर गौतमले वडा कार्यालय भवनहरुको निर्माण, प्रत्येक वडामा आधारभूत स्वास्थ्य इकाई भवन, वहुबर्षे योजना अन्र्तगत गाउँ गाउँका मूलवाटोहरु कालोपत्रे भएको भएको समेत बताउनु भएको छ । यसै कार्यक्रममा बोल्दै वडा अध्यक्ष कल्याण बहादुर कार्कीले वडा नम्वर ५ लाई पारदर्शी बनाइएको र विकासका सन्दर्भमा समेत पहिलो स्थानमा रहेको बताउनु भएको छ ।



