मोरङ, मोरङको सुन्दरहरैचा-७ मा अर्धचेत अवस्थामा भेटिएकी १८ महिने बालिकाको मृत्यु भएको घटनाले देशमै त्रसित बनेको छ । बालिका माथि बलात्कार भएको आशङ्का गरिएपछि उसलाई उपचारका लागी नजिकैको एक मेडिकलमा लगिएको थियो तर उनको उपचार त्यहाँ सम्भव नभएको भन्दै स्थानीय मेडिकलले विराटनगरको नोबेल अस्पताल पठाएपछि उपचारका क्रममा ति बालिकाको सोही रात ज्यान गएको थियो ।
प्रहरीका अनुसार गत शुक्रबार साँझ घरबाट हराएकी १८ महिने बालिका घरनजिकैको झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । यौनाङ्गमा रक्ताम्य भएकी बालिकालाई भेटेपछि आफन्तले गछिया मेडिकलमा लगेको बताउँदै उनले अवस्था हेर्दा बलात्कार भएजस्तो देखिने बताए । गछिया पुगेपछि प्रहरीलाई खबर गरेर थप उपचारका लागि नोबेल लगिएको थियो । अन्तत उनको बलात्कार भएको पुष्टि अस्पतालले गरेसँगै परिवारमा बज्रपात परेको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका ७ गणेशपुरकी डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खवर यतिखेर सबैजना त्रसित बन्नु परेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार सुन्दरहरैँचामा गत शुक्रबार साँझको समयमा घरबाटै हराएकी बालिका स्थानीय झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् ।
अचेत अवस्थामा भेटिएकी बालिकालाई उद्वार गरी विराटनगरको नोबेल अस्पताल लगिएपनि उपचारको क्रममा सोही दिन राति साढे १२ बजे मृत्यु भएको एसपी जिसीले बताए । सामान्य बोल्न मात्र सक्ने डेढ वर्षीया बालिकालाई झाडीमा लगेर दुई जनाले बलात्कार गरेपछि बियरको बोतलले हानेर हत्या गरेको घटनामा प्रहरीले सूक्ष्म भएर अनुसन्धान गरेको र शनिबार दुईजनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेहरूमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् । उनीहरूले गाँजा सेवन गरेपछि बलात्कार गरेको र हत्याका लागि सिसाको बोतल र ढुङ्गा प्रहार गरेको खुलेको प्रहरीलले जानकारी दिएको छ ।
बलात्कारीलाई फासीको सजाय हुनुपर्ने माग
यसरी महिला तथा बालिकाहरू दैनिक जसो बलात्कारको सिकार हुनुपरेको घटनामाथि महिला अधिकार कर्मिहरुले फासीको सजाय हुनुपर्ने माग राखेका छन् । गत फागुन २९ गते शुक्रबार भएको नाबालिका बलात्कारको यो घटनाले यतिखेर मोरङको सुन्दरहरैचा तनावपूणर् बनेको छ । नाबालिकामाथि गरिएको यो घटनाका लागी प्रहरी प्रशासन र नेपालको कानुनमा फासिको सजाय हुनुपर्ने महिला अधिकार कर्मी तथा स्थानियहरुको भनाइ रहेको छ । नेपालमा यस्ता जघन्य अपराध दैनिक जसो घटने गरेका छन् तर यो घटनामा संलग्न दोषिलाई कडा कानुनि कार्वाहि नभएकै कारण पनि यस्ता घटना नेपालमा दैनिक जसो बड्दै गएको हुन ।
यसरी नावालिकामाथि लागुऔषध सेवनको नसामा गरेको यो घटनाले स्थानीय सर्व साधरण पनि त्रसित बन्नु परेको छ । उसनहरु बताउछन् यसरी घिमेकमै यस्तो घटना घटेपछि हाम्रा छोरिहरु दैनिक जसो असुरक्षित भएका छन् भने कतिपय अवस्थामा बलात्कार जस्तो जघन्य अपराधको सिकार पनि हुनु परेको छ । यस्ता कु कर्ममा संलग्न देखिने माथि जवसम्म फासिको सजाय नेपालमा आउदैन तवसम्म घटना न्युनिकरण नहुने समेत महिलाहरुको भनाइ रहको छ । महिला अधिकार कर्मी कमला न्यौपाने बताउनु हुन्छ बलात्कार गर्नेलाई कुनै हालतमा छाड्न हुदैन । यसरि दैनिक बढेको बतात्कार का घटना जसमा पनि ना वालिकाका सन्दर्भमा नेपालको कानुन फितलो भएकै कारण बलात्कारका घटनामा कमि नआएको उनिहरुको भनाइ रहेको छ ।
साथै नेपामा दैनिक बढेको यस्ता घटनाको निर्मुल गर्नका लागी नेपालमा फासीको सजाय आवश्यक रहको अर्कि अभियान्ता जानुका कार्की बताउनु हुन्छ ।
यसरी पछिल्लो समय घटेका घटनाहरुका सवालमा नेपालमा फासिको सजाय आवश्यक रहेको नागरिक अभियान्ताहरुको भनाई छ जसमा पनि नावालिकाका सन्दर्भमा त यो नियम अति आवश्यक रहेको समेत उनिहरुको माग रहेको छ ।


