मोरङ । विगतका वर्ष झै यस वर्ष पनि मोरङको सुन्दरहरैचामा रहेको धार्मिक पर्यटकीय क्षेत्र नयाँ वृन्दावन गौशालामा फागुपूर्णिमा अर्थात होली पर्वको अवसरमा फूलको होली खेलिएको छ ।  

    मोरङको सुन्दरहरैचा वडा नम्बर ५मा रहेको राधेश्याम सेवा ट्रष्ट नयाँँ वृन्दावन गौशालाको आयोजना गरेको होली मिलन महोत्सवमा विगतका वर्ष झै यस वर्ष पनि फूलको होली खेलिएको हो ।

  विगत  १२ वर्ष देखि धार्मिक पर्यटकीय क्षेत्र नयाँ वृन्दावनमा फूलको होली खेलेर  होली पर्व मनाउने गरिरएको छ ।
IMG_1219

यस वर्ष पनि फागुपूर्णिमाको अघिल्लो दिन फूलको होली खेलेर होली मिलन महोत्सव मनाइयो । राधेश्याम सेवा ट्रष्टकी अध्यक्ष गंगादेवी काफ्लेको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यमा आयोजना गरिएको होली मिलन महोत्सवका उत्साहजनक रुपमा भक्तजनहरुको सहभागिता रहेको थियो ।  

    धार्मिक कार्यक्रमहरुमा फूलको होली खेलिने परम्परा अनुसार नयाँ वृन्दावन गौशालामा पनि फूलको होली खेल्ने गरिएको छ ।
vlcsnap-2022-03-16-15h51m28s368

गौशालाका संरक्षक  दिनवन्धु शास्त्रीको सक्रियतामा विगत १२ वर्ष देखि नयाँ वृन्दावन गौशालामा फूलको होली खेलेर होली पर्व मनाउने गरिएको छ । होली मिलन महोत्सवमा विराटनगर , धरान ,इटहरी लगायतका ठाउँबाट समेत भक्तजनहरु आएका थिए । सो अवसरमा नयाँ वृन्दावन गौशालाका सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । त्यसै गरी धार्मिक सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । 

275144029_1270305386794052_9109784357501788965_n275917853_1260551741019564_838054907469456842_n